कोरोना भाइरसबाट नेपालमा संक्रमित हुने व्यक्तिको संख्या ४०२ पुग्दा यो भाइरस ३८ जिल्लामा फैलिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ३६ जिल्लामा संक्रमण फैलिएको बताएपनि संक्रमण ३८ जिल्लामा फैलिएको हो ।
पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै बाँके जिल्ला ९३ जना संक्रमित भेटिएका छन् भने पर्सामा ९१ कपिलवस्तुमा ४६ उदयपुरमा ३३ रुपन्देहिमा २८ रौतहटमा २२ झापामा १२ र काठमाडौंमा ११ जना संक्रमित भेटिएका हुन् ।
त्यस्तै धनुषामा ९ कैलाली, दाङ, बारा, मोरङ्ग र सर्लाही जिल्लामा ४-४ जना, चितवन, महोत्तरी, धादिङ्ग र भक्तपुरमा ३-३ जना संक्रमित भेटिएका छन् ।
बाग्लुङ, बर्दिया, मकवानपुर, सुनसरी र नवलपरासी ( पूर्व ) मा २-२ जना संक्रमित भेटिएका छन् ।
१ जनामा संक्रमित भेटिएको जिल्लाको संख्या १५ पुगेको छ । जसमा
नवलपरासी (पश्चिम), भोजपुर, कञ्चनपुर, सप्तरी, सिराहा, काभ्रे, सिन्धुपाल्चोक, धनकुटा, गुल्मि, खोटाङ्ग, दैलेख, ललितपुर, रामेछाप, सिन्धुली र लमजुङ्ग रहेका छन् ।
आज पहिलोपटक लमजुङ, ललितपुर र रामेछापमा संक्रमित भेटिएका हुन् ।
अहिलेसम्म ३४० जना पुरुष र ६२ जना महिलामा संक्रमण भेटिएको हो ।
प्रदेशगत हेर्ने हो भने प्रदेश १ मा ५४ जना प्रदेश २ मा १३६ जना बाग्मती प्रदेशमा २७ जना गण्डकी प्रदेशमा ४ जना प्रदेश ५ मा १७६ जना कर्णाली प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना रहेका छन् ।
नोट : सरकारले कालापानी लिपुलेकसहितको नयाँ नक्शा सार्वजनिक गर्ने निर्णय गरेपनि यो समाचार तयार पार्दासम्म सार्वजनिक नगरिएको हुनाले पुरानै नक्शा राखिएको स्पष्ट पार्न चाहन्छौं ।
हेर्नुहोस् कुन जिल्लामा कति संक्रमित ?
जिल्ला | कुल संक्रमित | ज्यान गुमाउने | निको भएका |
---|---|---|---|
जम्मा | ४०२ | २ | ३७ |
बाँके | ९३ | १ | |
पर्सा | ९१ | ३ | |
कपिलवस्तु | ४६ | ||
उदयपुर | ३३ | १५ | |
रुपन्देही | २८ | १ | |
रौतहट | २२ | १ | |
झापा | १२ | २ | |
काठमाडौं | ११ | ४ | |
धनुषा | ९ | ||
कैलाली | ४ | ४ | |
दाङ्ग | ४ | ||
बारा | ४ | ||
मोरङ्ग | ४ | ||
सर्लाही | ४ | ||
चितवन | ३ | २ | |
महोत्तरी | ३ | ||
धादिङ्ग | ३ | १ | |
भक्तपुर | ३ | ||
बाग्लुङ | २ | २ | |
बर्दिया | २ | ||
मकवानपुर | २ | ||
सुनसरी | २ | ||
नवलपरासी ( पूर्व ) | २ | ||
नवलपरासी (पश्चिम) | १ | ||
भोजपुर | १ | १ | |
कञ्चनपुर | १ | १ | |
सप्तरी | १ | ||
सिराहा | १ | ||
काभ्रे | १ | ||
सिन्धुपाल्चोक | १ | १ | |
धनकुटा | १ | ||
गुल्मि | १ | ||
खोटाङ्ग | १ | ||
दैलेख | १ | ||
ललितपुर | १ | ||
रामेछाप | १ | ||
सिन्धुली | १ | ||
लमजुङ्ग | १ |