काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि असोज १९ गते उम्मेदवारी दर्ता हुने भएको छ।
महाधिवेशन निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनयनपत्र असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा दर्ता गर्न सकिनेछ।
निर्वाचनका लागि योग्य उम्मेदवारले तोकिएको समयभित्र मनोनयनपत्र दाखिला गर्नुपर्ने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण भने पछि प्रकाशित गरिने जनाइएको छ।
