काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शुक्रबार शपथ ग्रहण गरेका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।
एमाले केन्द्रीय कमिटीको असोज ५ देखि ८ गतेसम्म बसेको बैठकले अन्य दलबाट एमालेमा प्रवेश गरेका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । पार्टी विधानअनुसार केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतसम्म सदस्य मनोनीत गर्न सकिने व्यवस्था छ ।
यसैगरी, एमालेले स्थायी कमिटीमा सात जना सदस्यसमेत मनोनीत गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भने पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ ।