काठमाडौँ– नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ।
महाधिवेशनका लागि कांग्रेसले ‘समुन्नत नेपालका लागि सबल कांग्रेस, अबको विकल्प’ भन्ने नारा तय गरेको छ। त्यस्तै, महाधिवेशनको मूल भावका रूपमा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ अघि सारेको छ।
सार्वजनिक गरिएको लोगोमा पार्टीको परम्परा र परिवर्तनको भावलाई समेटिएको कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।