काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवद्वय कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत गरेपछि दुवै सचिवले पदबाट राजीनामा दिएको विवरण सार्वजनिक भएको हो । पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवका रूपमा कार्यरत थिए भने अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए ।
निजामती किताबखानाको अभिलेखअनुसार सचिव अधिकारीले आगामी ४ भदौमा अनिवार्य अवकाश पाउने थिए । उनले अवकाशको करिब एक साताअघि नै राजीनामा दिएका हुन् ।
त्यस्तै, सचिव पोखरेलको पदावधि भने २३ भदौ २०८४ सम्म रहेको थियो । पदावधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् ।