काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी भित्र निरङकुशता हाबी भएको बताएका छन ।
नेपाली काँग्रेस संस्थापन इत्तर समूहले आइतबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय एकता भेलामा सम्बोधन गर्दै नेता अहिले मुलुकमा लोकतन्त्र धरापमा पर्दै गएको र निरंकुशता हाबी हुन खोजेको बताएका हुन् ।
‘काँग्रेसभित्र पनि आन्तरिक लोकतन्त्रको अभाव र निरंकुशतावादी चरित्र बढ्दै छ । विना कारण र स्पष्ट स्पष्टीकरण विना नै विभिन्न जिल्लाका वडा सभापतिहरूलाई पदबाट हटाइको छ ।’ उनले भने, सदस्यता अद्यावधिक गर्न नमानेको बहानामा कारबाही गरिनु निरंकुशताको प्रस्थान विन्दु भएको उनको आरोप लगाए ।
उनले भने,’ पार्टीभित्र र प्रदेश तहको राजनीतिमा अहिले त्रासको वातावरण सिर्जना गरिएको छ । यस्तो डर, धम्की र त्रासका बाबजुद मनको भय हटाएर कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका नेता तथा कार्यकर्ता आउनु भएको छ । कसैको धम्कीका कारण काँग्रेससीहरु डराउनु हुँदैन ।’