काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको सचिव दिनेश थापा मगरले बताए।
उनका अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।
बैठकमा पार्टीभित्र आएको उजुरीबारे छलफल हुने जनाइएको छ।