काठमाडौं – राष्ट्रिय सभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।
बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले बोल्न समय दिए ।
उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे ।
अहिले उनीहरू बैठकमा उठेर विरोध गरिरहेका छन् ।