काठमाडौँ। प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूको निरन्तर अवरोध र नाराबाजीका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ।
विपक्षीको अवरोधका बाबजुद सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउने प्रयास गरेका थिए। तर बैठक कक्षभित्र होहल्ला क्रमशः बढ्दै गएपछि संसदीय प्रक्रिया सुचारु राख्न असम्भव बनेको जनाइएको छ।
परिस्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि सभामुखले बैठक केही समयका लागि स्थगित गर्ने निर्णय गरेका हुन्। बैठक पुनः सञ्चालनका लागि १५ मिनेटको अन्तराल तोकिएको छ।