काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा आज पनि जारी छ ।
पार्टीको समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही, संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल भइरहेको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित सचिवालय सदस्यहरूको सहभागिता रहेको छ । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक व्यवस्थापन तथा विभिन्न विभागीय गतिविधिबारे समीक्षा भइरहेको छ ।