काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएको भन्दै हर्क साम्पाङ सदनबाट बाहिरिएका छन्।
प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै साम्पाङले प्रधानमन्त्री नआएसम्म आफू सदनमा नबस्ने बताएका थिए। त्यसपछि उनी आफ्ना समर्थक सांसदहरूसहित बैठक कक्षबाट बाहिरिएका हुन्।
यसैबीच, अन्य प्रतिपक्षी सांसदहरूले भने बैठकमै उभिएर नाराबाजी गर्दै विरोध जनाइरहेका छन्। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सदनमा तनावपूर्ण अवस्था बनेको छ।
नेकपा एमाले का सांसद ऐन महर ले पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग राख्दै वर्तमान अवस्था स्वीकार्य नभएको बताएका छन्।