काठमाडौं – आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् ।
उनले केहीबेरमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
संयुक्त बैठक बस्नुअघि आजै दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो ।
आजबाट संघीय संसद्को अधिवेशन सुरु भएको हो । आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।