काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ।
आज बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।
मन्त्रिपरिषद्बाट पारित भएपछि आजै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
सरकारले आगामी वर्षको प्राथमिकता, विकास योजना, सुशासन, पूर्वाधार, अर्थतन्त्र सुधार तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषय नीति तथा कार्यक्रममा समेट्ने तयारी गरेको जनाइएको छ । नीति तथा कार्यक्रमलाई आगामी बजेटको आधार दस्तावेजका रूपमा हेरिन्छ ।