काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार बिहान साढे १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।
मन्त्रिपरिषद्बाट पारित भएपछि आजै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
सरकारले आगामी वर्षको प्राथमिकता, विकास योजना, सुशासन, पूर्वाधार, अर्थतन्त्र सुधार तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषय नीति तथा कार्यक्रममा समेट्ने तयारी गरेको जनाइएको छ । नीति तथा कार्यक्रमलाई आगामी बजेटको आधार दस्तावेजका रूपमा हेरिन्छ ।