काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले काँग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३० को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक बस्न लागेको हो ।
बैठक दिउँसो ३:०० बजे बस्नेछ । बैठक काँग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताए । काँग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशन दिएको छ