काठमाडौँ । कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन आगामी वैशाख २८ गतेबाट प्रारम्भ हुने भएको छ । प्रदेश सरकारको सिफारिसपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने निर्णय गरेका हुन् ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन वैशाख २८ गतेबाट आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
उक्त सिफारिसअनुसार प्रदेश प्रमुख जोशीले अधिवेशन आह्वान गर्दै वैशाख २८ गते सोमबार दिउँसो ३ बजे पहिलो बैठक बस्ने गरी समय निर्धारण गरेका छन् ।