काठमाडौँ । सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हालको स्थानबाट अन्यत्र सार्ने पूर्वनिर्णयलाई परिवर्तन गर्दै यथास्थितिमै सञ्चालन गर्न दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको महाराजगञ्जमा रहेको करिब ११४ रोपनी तीन आना क्षेत्रफलको जग्गा सोही प्रतिष्ठानको उपयोगमा निरन्तर रहने व्यवस्था गर्ने निष्कर्ष निकालेको हो।
यसअघि २०७५ भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई स्थानान्तरण गर्ने निर्णय गरेको थियो भने सो जग्गा राष्ट्रपतिको कार्यालयका लागि हस्तान्तरण गर्ने योजना बनाइएको थियो। नयाँ निर्णयसँगै उक्त व्यवस्था कार्यान्वयनमा नजाने भएको छ।