काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले विशेष महाधिवेशन पक्षमा फैसला गरेको छ । सर्वोच्च अदालतले आज अन्तिम सुनवाइ गर्दै गगन थापा नेतृत्वकै कांग्रेसलाई सदर गरेको हो ।
यसअघि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएको थापा नेतृत्वको कांग्रेसको केन्द्रीय समिति अध्यावधिक गर्ने निर्णय गरेको थियो । सर्वोच्चले सोही निर्णय सदर गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले फैसला गरेको हो । शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन विधानविपरीत रहेको भन्दै अदालतमा रिट दर्ता गरेको थियो । देउवा समूहको तर्फबाट पूर्णबहादुर खड्काले रिट दायर गरेका थिए । खड्काको रिट अदालतले खारेज गरेको छ ।