काठमाडौँ । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। उनले आज (शुक्रबार) देखि लागू हुने गरी राजीनामा बुझाएका हुन्।
स्वास्थ्य अवस्था र पारिवारिक कारण देखाउँदै न्यायाधीश लम्सालले पदत्याग गरेको सर्वोच्च अदालतका सह–रजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिएका छन्।
न्यायाधीश लम्साल हाल उच्च अदालत विराटनगरअन्तर्गतको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। उनी न्याय सेवाबाट राजीनामा दिँदा उनको कार्यकाल अझै एक वर्ष बाँकी रहेको थियो।