काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित १२ राजनीतिक दल, संस्था तथा नागरिकको आयोजनामा प्यालेस्टाइनमाथिको आक्रमण र इरानमाथिको हमलाविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् ।
भोलि प्रदर्शनी मार्ग काठमाडौँमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको नेकपामा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए। उनका अनुसार जुलुस दिउँसो १:३० बजे शान्तिबाटीकाबाट सुरु हुनेछ ।
शान्तिबाटीका, जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनी मार्गमा पुगेर सभापति परिणत हुनेछ ।
भोलिको कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लवलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
यसअघि शनिबार बसेको विभिन्न पाँच कम्युनिस्ट पार्टीहरूको बैठकले काठमाडौँमा संयुक्त विरोध सभा गर्ने निर्णय गरेको थियो ।
उक्त बैठकमा ‘प्रचण्ड’, माधव नेपालसहित नेकपा ९विप्लव० का प्रवक्ता प्रकाण्ड, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सिपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी थिए ।