
काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय समिति बैठकमा संविधानमा रहेको धर्म निरपेक्षता हटाउन प्रस्ताव गरेका छन्।
आइतबार भएको बैठकमा उनले यो सरकार र गठबन्धनको मूल मुद्दा संविधान संशोधन रहेको बताउँदै त्यसको थालनी धर्म निरपेक्षता खारेजीबाट गर्न प्रस्ताव गरेका हुन्।
पार्टी कार्यालय सानेपामा भएको बैठकमा कोइरालाले भने,‘धर्म निरपेक्षता खारेज गरी धार्मिक स्वतन्त्रता राखौं।’
उनले निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने प्रस्ताव गरे। उनले भने,‘राष्ट्रिय सभामा समानुपातिक प्रणाली लागू गरौं, तर प्रतिनिधिसभा केवल प्रत्यक्ष निर्वाचित प्रणालीमा आधारित होस्।’