
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । गत बिहीबार छोटो समय बैठक बसेर स्थगित भएको थियो । आजको बैठकमा रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणबारे दिएको जवाफमाथि छलफल हुने बताइएको छ ।