दुबई । युएईको दुबईमा पर्वत समाज युएईले तीज विशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
८ सेप्टेम्बर २०२४ का दिन वेस्टकट होटलमा भएको कार्यक्रममा पानसमा बत्ती बाली राष्ट्रिय गानबाट सुचारु गरिएको थियो । कार्यक्रममा उपस्थिति सबैलाई स्वागत मन्तव्य दिँदै संस्थाका वरिष्ठ उपाध्यक्ष पूर्ण भुसाल सहित प्रवक्ता ऋषिराम सुबेदीले हरितालिका तीजको शुभकामना दिए।
कार्यक्रममा संस्थाका अध्यक्ष तिलक सापकोटाले नेपाली महिलाहरूको पर्व तीजलाई विदेशमा बस्ने दिदीबहिनीलाई माइतीको तलतल मेटाउन र सबैलाई ऐक्यबद्धता गराउन उक्त कार्यक्रम गरेको बताए।
कार्यक्रममा प्रमुख अतिथि संस्थाका प्रमुख सल्लाहकार मणि प्रसाद भुर्तेल साथै महिला उपाध्यक्ष श्री टीका पान्डेको संयोजकत्व तथा सदस्य श्री अनिता अधिकारीको सह-संयोजकत्व कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल , गैर आवासीय नेपाली संघ एनआरएनए आइसिसी कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना , गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष विकास शाही, बिजनेस काउन्सिल युएईका कोषाध्यक्ष तथा नमस्ते ट्राभल्सका सञ्चालक एकेन्द्र थापा, योगाचार्य गुरु ढाकाराम सापकोटा, नेपाली जनसम्पर्क समिति युएई का सभापति भुवानी तिमिल्सिना, प्रवासी नेपाली मञ्च युएई सचिवालय सदस्य मणिराम खतिवडा एवं विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
तीज शुभकामना मन्तव्य तथा सत्कार गरिनुका साथै लामो समयदेखि युएईमा रहेर कलम चलाइरहेका पत्रकार लालबहादुर ढेङ्गालाइ संस्थाको तर्फबाट सम्मान पत्र सहित खादा लगाएर सम्मान गरिएको थियो।
सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युएई शाखाका अध्यक्ष कलाकार श्री नरेन सापकोटा द्वारा “सुनेउ दिदी भाइ बोलेको माइती गाउँबाट” बोलको तीज विशेष मार्मिक गीतद्वारा साङ्गीतिक कार्यक्रमको सुरुवात सँगै कलाकार अर्जुन न्यौपाने, ज्ञानु आचार्य, रन्जिता कुवर तथा श्याम भुर्तेलले गीत मार्फत रातो सारी लगाएर भेला भएका नेपाली चेलीबेटीहरू र अन्य दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको कार्यक्रममा सम्पूर्ण चेलीहरूलाई निःशुल्क रूपमा दर कार्यक्रममा एवं नेपाली परीकारहरू सहित भोजनको व्यवस्था गरिएको थियो ।
कार्यक्रमलाई संस्थाका महासचिव जगदीश शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।