- श्लोक सिंह श्रेष्ठ
हरेक वर्ष जस्तो नेवा:समुदायले बर्सेनि आफ्नो समुदायमा मरेको परिवारले घर घर बाट गाई जात्रा निकाल्ने चलन छ। सोहि अनुरूप यो वर्षमा हाम्रै घर बाट पनि गाई जात्रा निकालियो।कारण थियो अघिल्लो वर्ष मेरो अजा बितेको हुँदा निकालिएको हो।
इतिहासमा उल्लेख अनुसार वि.सं. १५१२ मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको विफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकुल रानीलाई हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका छन् भनी सान्त्वना दिलाउनका लागि जात्राको सुरुवात गरिएको कथन छ ।
समय सापेक्ष यस गाई जात्राको प्रकृति पनि बदलिएको जस्तो लाग्छ।हिजोआज पनि व्यङ्ग्य र प्रहसन प्रस्तुत गर्दै यो जात्रा मनाउँदै आएका छन् तँ कतिपय समुदायले आफ्नो पहिचान माथि गर्व गर्दै साथै आफू माथि हुने लाञ्छना, विभेद, घृणाविरुद्ध आवाज उठान गर्ने उद्देश्यले यस समुदायले ‘गे जात्रा’ मनाउँदै आएको रहेछ।त्यसैले गाई जात्रालाई आँसु र हाँसोको प्रतीकको रूपमा लिइन्छ।
भाद्रकृष्ण प्रतिपदा वा जनै पूर्णिमाको भोलिपल्ट देखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक, कला, जातजाति, भेषभुषा एवम् सांस्कृतिक पर्वका रूपमा हाम्रो समुदायले मनाउँदै आएको छ।नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गर्ने, लाखे नाच देखाउने, झाँकी निकाल्ने, ताया:मचा बनाएर टोल टोल बजार घुमेका थियौँ।किनकी यी जात्राहरू हाम्रो मृत्यु संस्कार सँग जोडिएको रहेछ।
हाम्रो तिर ताया: मचा निकाल्दा घरमै छोरी वा बुहारीले पूजा गरेपछि मात्र निकाल्ने र विसर्जन गर्दा पनि छोरी वा बुहारीले पूजा गरेर समापन गर्ने चलन छ या कसैले लक्ष्मी नारायण मन्दिर मानै गएर पनि उक्त कार्य गर्ने परम्परा छ।सोहि दिन प्रसाद बनाएर आफन्त छरछिमेककीलाई प्रसाद खुवाइएको थियो।
बिशेषत:यो ताया:मचा बनाउँदा डोको अनिवार्य नै रहेछ जसलाई बनाउन आफन्तहरूले सहयोग गर्नु भयो। हरियो बाँसलाई ठाडो पारेर आयातकारमा बाँधी कपडाले बेरेर ताया: मचा बनाइने रहेछ । ताया: मचामा पुरुष बितेको भए पुरुषको लुगा र महिला बितेको भए महिलाको लुगा झुन्ड्याएर राख्ने चलन रहेछ एवं बच्चा बितेको भए डोकोमा च्याङ्ग्राको सिङ राखेर बनाउने चलन रहेछ।
पहिले पहिले टाढा बाट देखि रहेको मैले यस पाली नजिक बाट नियाल्न पाए।आफ्नै घरमा भएकोले हाम्रो समुदायको संस्कार र रितिरवाजको म चासो मानी सोधी खोजी बुझ्न आतुर थिए।
ताया: मचाको शिरमा गाईको चित्र, मृतकको तस्बिर राखी चौँरी गाईको रौँ लगाउने हुँदा टाढाबाट नै पहिचान गर्न सकिने रहेछ।यसलाई डोकोमा अड्याएर मृतकका आफन्तले काँधमा बोकेर डुलाउने काम गरियो जसको म स्वयंले गरहुँगो भए पनि अलि अलि बोकेर हिँडे जुन मेरा लागी पहिलो र अन्तिम अनुभव समेत थियो।ताया :मचा देखाए पछि मृतकको आत्माले शान्ति पाउने भन्ने कथन रहेको छ ।
अचम्म त के लाग्छ भने हाम्रो समुदायले जन्म पूर्व देखि मृत्यु संस्कार सम्मका पूजा,संस्कृति र रीतिरिवाजहरू गर्ने गर्दछन्।बिस्तारै लोप हुँदै गई रहेका यी जात्राहरू,चाडपर्वलाई संस्कृति संरक्षणमा हाम्रो पुस्ता लाग्नु जरुरी छ।
नमुना आवासीय माध्यमिक विद्यालय
पर्वत कुस्मा