सिमरा (बारा) । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवा सरकारसँग छलफल गर्न काठमाडौं आइपुगेका छन् ।
उनीहरूलाई अहिले गृह मन्त्रालय पुर्याइएको छ ।
गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुन लागेको हो । छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि पुगेकी छिन् ।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं ल्याइएको हो ।
काठमाडौ आउनुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयबासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए ।