लुम्बिनी । बुटवल उपमहानगरपालिका-१५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण गरिएको छ ।
वडास्तरीय कृषि प्रवर्द्धन समितिको सिफारिसको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा अरुण २, रामपुर कम्पोजिट र रामपुर हाइब्रिड जातको मकैको बीउ वितरण गरिएको हो ।
बुटवल-१५ का अध्यक्ष तथा नगरप्रवक्ता शिव रानाले किसानलाई बीउ वितरण गरे। बीउ वितरण गर्दै उनले मकै उत्पादनमा अब्बल बन्न किसानलाई आग्रह गरे ।