झापा । नेपाल सरकारले कचनकबल र भद्रपुरमा मात्र भूमिगत सिँचाइ परियोजना लागू गर्ने योजनाका साथ कार्यारम्भ गरेको भए पनि स्थानीयवासीको माग बढेपछि जिल्लाभर विस्तार गरिने भएको छ ।
झापा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन दुई महिनाअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेकाबेला मन्त्रिपरिषद्को बैठकले परियोजनालाई झापा जिल्लाभर विस्तार गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार आयोजनाले हाल कचनकबल र भद्रपुरसहित अन्य पालिकाहरुबाट समेत उपभोक्ता समितिहरुको माग सङ्कलन गरिरहेको र विभिन्न पालिकाबाट मागबमोजिम १२ वटा स्थानमा ‘डिप बोरिङ’ थपिने झापा भूमिगत सिँचाइ परियोजनाका इन्जिनियर भूविक्रम नेम्बाङले बताए।