काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ ।
साताको दोस्रो कारोबार नेप्से ०.५५ अंकले उकालो लागेर २१२२.४१ विन्दूमा आएको हो । प्रि-ओपन सेसनमा नेप्से १४ कम्पनीको कारोबार हुँदा ६ कम्पनीमा वृद्धि भएको र ८ कम्पनीमा ओरालो लागेको छ । १ हजार ९२५ शेयर कित्ता किनबेच हुँदा ९ लाख ८४ हजार २५८रुपैयाँको शेयर कारोबार भएको छ ।
यो सेसनको १३ उप सूचकहरूमध्ये २ कम्पनीमा वृद्धि भएको छ भने ७ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।