काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५.७८९ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको गत २९ माघमा बसेको सञ्चालक समितिको बैठककाे निर्णयअनुसार गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश दिने भएकाे हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभामा मात्र लगानीकर्ताले प्राप्त गर्ने कम्पनीले जनाएको छ ।