![नेपालमा पाँच जना कोरोना सङ्क्रमित थपिए](https://ktmdainik.com/wp-content/uploads/2021/06/Third-varient-of-Covid.jpg)
नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २३१ पीसीआर परीक्षण गर्दा बिहीबार पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर १४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।