२०७७ साल आश्विन कृष्णपक्ष कार्तिक २३ गते आइतवार अष्टमी तिथी अश्लेषा नक्षत्र चन्द्रमा मिथुन तथा ४:४५ पछि कर्कट राशिमा ।
मेष राशि : धन लाभको समय छ काममा भने पदोन्नती हुन सक्दछ । व्यपारमा सामान्य घाटाको समय छ । घर परिवारमा मन रमाउनुको साथै भविष्यमा विदेशयात्राको लागि अवसर मिल्न सक्छ ।
वृष राशि : काममा वाधा अर्डचन देखिनुका साथै लगानीको अवसर प्राप्त होला अरुलाइ विश्वास गरेर आर्थिक कारोवार नगर्दा राम्रो अन्यथा फसिन सक्ने छ । जागिरमा नयाँ अवसर प्राप्त हुन सक्छ ।
मिथुन राशि : धर्ममा रुची बढ्नुका साथै व्यपार वा जागीरमा राम्रो सफलता प्राप्त होला । पिताजी सँगको सम्वन्धमा मधुरता छाउने छ भने पिताजीको सहयोगले बिग्रेको काम बन्नेछ ।
कर्कट राशि : दाम्पत्य जीवनमा सामान्य समस्या देखिनेछ भने पाटनरसँगको सम्वन्ध सुधार भएर जानुका साथै काममा सफलताको हात पर्ने छ । नयाँ भोजनले मन रमाउने छ । दाँतमा समस्या हुनेछ ।
सिंह राशि : रोकिएको काम बन्नुका साथै व्यपारमा लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा भने मत मतान्तर हुन सक्नुका साथै घरमा कलहको वातावरण वन्नेछ । आर्थिक लाभको पनि समय छ ।
कन्या राशि : नयाँ भोजन वा मिष्ठान्मा मन रमाउने छ । धर्ममा रुची बढ्नुका साथै भविष्यलाइ सोचेर गरेको चिन्ता वा प्लानींग सफलता पूवर्क सम्पन्न गर्न सक्नु हुन्छ नयाँ काम सुरु गर्नहरुको लागि समय राम्रो छ ।
तुला राशि : जग्गा जमिन किन्न वा वेच्न सक्ने सम्भावना देखिन्छ । आर्थिक संकट पर्न सक्छ अनावश्यक खर्च नगर्नुहोला । घरमा मन रमाउनुको साथै व्यपारमा भने सोचेअनुसार सफलता नमिल्न सक्ला ।
वृश्चिक राशि : थोरै मेहनतमा पनि ठूलो सफलता हात पर्ने छ । भाग्यले भने सोचे अनुसारको साथ नदेला । पिताजी सँगको सम्वन्ध राम्रो भएर जानेछ । आर्थिक लाभको समय छ ।
धनु राशि : बोल्दा विचार गर्नु होला अन्यथा बोलीको कारण घर झ-गडा हुन सक्ने सम्भावना छ । काममा मन नलाग्दा कुटुम्व सँगको सम्वन्धमा भने समस्या आउन सक्नेछ । गरेको काममा धोका पाउन सकिन्छ ।
मकर राशि : सरकारी जागिरमा अवसर मिल्नुका साथै जागिरमा पदोन्नतीको सम्भावना पनि छ । तर व्यपार व्यवसायबाट भने हानी नोक्सानीको समय देखिन्छ । नयाँ ठाउँमा लगानी गर्नु पूर्व धेरै सतक भएर गर्नु होला ।
कुम्भ राशि : मु-द्दा मामीला छ भने नैराष्यता हात लाग्न सक्नेछ । कडा परिश्रम गर्नु पर्ने समय छ । भाग्यले भने नैराष्यता प्रदान गर्ला । दिनको उत्तरार्धमा भने धन लाभ होला ।
मीन राशि : आर्थिक लाभको समय छ, काममा सफलता हात पर्ला । नसोचेको ठाउँवाट नयाँ समाचार प्राप्त गर्नाले मन सन्तुष्ट हुनेछ । दाजुभाइ सँगको सम्वन्ध राम्रो भएर जानेछ ।