२०७७ साल भाद्र शुक्लपक्ष्ँ भाद्र १३ गते शनिवार हरिपरिवर्तिनी एकादशी तिथि पूर्वाभाढा नक्षत्र चन्द्रमा धनु राशिमा ।
मेष राशिः फाटफूट आय भइ रहनाले खासै आर्थिक संकट पर्ने देखिन्न । परिवारबाट राम्रै सहयोग मिल्ला । कामकै लागि यात्रा हुने देखिन्छ । सन्तान तथा पारिवारिक पक्षमा उन्नति प्रगतिको सुभ समाचार सुन्न पाइएला । स्वास्थ्यमा खराबी देखिएला, त्यसैले खानपिनमा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ । पत्रकार बन्धुहरुले आज प्रशस्त जश, नाम अनि दाम कमाउनु हुने छ ।
वृष राशि :रमाइलो कुराहरुमा मन जानेछ । नयाँ कपडा तथा गरगहनामा खर्च गर्नु पर्ने देखिन्छ । यो समयमा पदोन्नती हुन सक्छ अनि तपाईंको सद्व्यवहारबाट अन्य कुरामा पनि सफलता मिल्नेछ । समाजबाट मान पनि प्रतिष्ठा प्राप्त हुनेछ । तर पनि शारिरिक तथा मानसिक शक्तिमा कमी आउनाले मन भने बेखुशी रहनेछ । परिवारमा रोगले सताउनेछ ।
मिथुन राशि : बिद्यार्थीहरुका लागी राम्रो समय छ, पठनपाठन राम्रै सँग मन जानेछ । व्यापार व्यवसायबाट सफलता तथा मान सम्मान प्राप्त गर्नहुनेछ । सन्तान प्राप्तिको योग पनि रहेको छ । शरीरमा स्फूर्ति पनि बढ्नेछन् । आफन्त तथा मित्रहरुबाट सहयोग प्राप्त हुनेछ । शत्रु पराजित हुनेछन । यति हुदाहुदै पनि प्रेम प्रसंगमा भने मन मुटाव उत्पन्न हुनसक्छ सावधान रहेर कुरा गर्नु होला ।
कर्कट राशि : मन प्रशन्न रहला । रमाइलो गर्नका लागि पनि अवसरहरु मिल्नेछन । सानो कारणले गर्दा पारिवारिक सम्बन्ध बिग्रन सक्छ सावधान रहनु होला । जग्गा जमिन सँग सम्बन्धित समस्या आउन सक्छ । विध्यार्थीहरुका लागी समय सामान्य मात्र रहेको छ । सोचेका कायहरु पूराहुनेछन । प्रशस्त धन प्राप्ती तथा सवारीसाधन किन्ने योग परेको छ । आफन्तहरुबाट राम्रै सहयोग प्राप्त हुनेछ । जनसम्पर्क पनि बढ्ने देखिन्छ ।
सिंह राशि : साँझेदार हरुसँग मन मुटाव उत्पन्न हुनसक्छ । यात्रामा पनि कठीनता तथा दुर्घटनाको सम्भावना रहेको छ । मानसिक भ्रमको कारणले गर्दा तपाईले लिएको निर्णय गलत पनि हुन सक्छ राम्ररी सरसल्लाह गरेर मात्र नँया कुराको निर्णय लिनु होला । आज वर्गले पढाइ लेखाइमा गर्नु भएको मिहेनत पछिका लागि फलदायी हूने देखिन्छ । पारिवारिक सहयोग पनि राम्रै मिल्ने देखिन्छ । प्रशस्त आर्थीक लाभ गर्नहुनेछ । विभिन्न सभा समारोहमा पनि जाने अवसर मिल्नेछ । प्रेम सम्बन्ध पनि प्रगाढ रहनेछ ।
कन्या राशि : आज तपाईको आत्म विश्वास बड्ने देखिन्छ । तर पनि अचानक काममा बाधा पर्ने सम्भावना रहेको छ, त्यसैले कामहरु समयमै सक्ने कोसिस गर्नु होला । आर्थिक पक्ष राम्रो छ त्यसैले रुपैया पैसाको काममा आज राम्रौ किसिमको लाभ मिल्ने छ । तपाईंलाई आज गन्नेमान्ने ब्यक्तिहरुले पनि सहयोग गर्नेछन् तर तपाईंले आज पशुपंक्षिहरुबाट भने सावधानी अपनाउनु पर्ने देखिन्छ । यदि तपाईं साहित्य प्रति अभिरुचि राख्नुहुन्छ वा साहित्य लेखन गर्नुहुन्छ भने तपाईंका लागि आज फलदायी दिन छ ।
तुला राशि : समय मध्यम किसिमको छ । लाभ र हानी बराबर जस्तो नै रहन्छ । तपाईको आज काममा जोश र जागर बडेर जानेछ तर आर्थिक कारोवार गर्दा भने धेरै सावधानी अपनाउनु पर्ने देखिन्छ । साझेदारी काममा राम्रै फाइदा होला । अनि बोलीको प्रभावका कारण तपाईंले आज प्रेममा सफलता पाउन सक्नु हुनेछ । सामाजिक काममा पनि आज सरिक हुनुहुने सम्भावना रहेकोछ । यति हुदाहुदै पनि तपाईंको स्वास्थ्यमा आज केहि खरावी देखिन सक्छ, त्यसैले खानपिनमा सावधानी अपनाउनु होला ।
वृश्चिक राशि : समय तपाईंका लागि राम्रो छ । काममा पनि मन जानेछ । त्यस्तै तपाईंको साहसको पनि आज अरुहरुले खुलेर प्रसंशा गर्नेछन् । पशु, सवारी साधन अनि हतियार संग भने आज तपाईंले सावधानि अपनाउनु पर्ने देखिन्छ । आजको कामले तपाईंलाईं पछी सम्म फाइदा पुर्याउने देखिन्छ । यदि तपाईं सरकारी सेवामा हुनुहुन्छ भने तपाईंका लागि आज अझ राम्रो दिन छ ।
धनु राशि : नयाँ कामको सम्भावना रहेको दिन छ । आर्थिक कारोवार गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । आज तपाईंको आफन्तजन संग मिलन हने सम्भावनम रहेको छ, छोटो यात्रा पनि हुन सक्छ । प्रेम प्रसंको कुरा गर्नु पर्दा तपाईंले आज प्रेममा सुखको अनुभव गर्न सक्नु हुनेछ । यदि तपाई सञ्चार क्षेत्रमा हुनुहुन्छ भने तपाईंका लागि आजको दिन फलदायी रहनेन छ ।
मकर राशि : सामाजिक सेवाको लागि सहयोग गर्ने समय छ । तपाईंका कामहरु पनि आज बन्ने देखिन्छन् । आज तपाईको जीवनमा प्रेम सम्बन्ध पनि थपिने प्रवल सम्भावना रहेको छ । परिवारबाट पनि तपाइको काममा आज भरपूर सहयोग पाउनु हुने देखिन्छ । खानपिनका विभिन्न परिकार प्राप्त होलान्। । वौद्धिक तथा रचनात्मक काममा पनि भने जति सफलता मिल्ने देखिन्न। सबैतिरबाट कामहरु बन्दै जानेछन ।
कुम्भ राशि : मानसिक शक्तिबाट जित हुने अवस्था छ । बैवाहिक तथा पारिवारिक जिवनमा रमाइलो वातावरण बन्नेछ । सानातिना मुद्दा मामिलामा विजय प्राप्त गर्न सक्नु हुनेछ । अरुका कामको प्रसंशा पनि आज तपाईंले पाउनु हुने सम्भावना रहेको छ । सरकारी पक्षबाट पनि आज तपाईलाई आवश्यक सदभाव मिल्नेछ । कृषि तथा कृषि र्सँग सम्बन्धित व्यवसायबाट राम्रै प्रगति होला ।
मीन राशि : कामका चापले शरीरिक परिश्रम बडे पनि समय मनोरञ्जन पूर्ण रहने छ । तर स्वास्थ्यमा भने खरावि देखिएला । काम गराईमा नया किसिमको अनुभव पनि गर्न पाउनु हुनेछ । आर्थिक पक्ष राम्रो छ त्यसैले रुपैया पैसाको काममा राम्रौ किसिमको लाभ मिल्ला । प्रेम प्रसंगको कुरा गर्दा, आज तपाईंको प्रेम प्रसंग सुखद रहने छ साथ साथै दाम्पत्य जीवन पनि सहयोगि रहने दरहला । अन्न अनाजको काम अनि तरल पदार्थको काममा प्रसस्त फइदा मिल्ने देखिन्छ।