२०७७ साल भाद्रशुक्लपक्ष्ँ भाद्र १२ गते शुक्रवार दशमी तिथि मूल नक्षत्र चन्द्रमा धनु राशिमा ।
मेष राशि : झंझटिलो समय पनि आइलाग्न सक्छ । विचार पुराउनु होला । के गर्ने अनि के नगर्ने भन्ने कुराको निणर्य लिन कठिनाइ पर्ला । तर पनि पराक्रम भने वृद्धि हुने समय छ । धनलाभ आर्जनका पनि बाटाहरु देखिने छन । राजनीति उतार चढाबमा केहि सहजता बन्ने देखिन्छ ।
वृष राशि : लामो समयदेखि गरिराखेका कामबाट मन अघाएर अर्कतिर लाग्न सक्छ । इष्टमित्रसित भेटघाट हुनाले मन पनि आनन्दित हुनेछ । तर कमाई कम र खर्चबढी हुने देखिन्छ । एउटा न एउटा समस्याले दिमागमा तनाव देला । नयाँ झमेला आइलाग्नेछ । सन्तानले पनि आवश्यकताको पूर्ति गर्ने छन । निराश हुने समय छैन ।
मिथुन राशि : आर्थिक आम्दानी राम्रै संग हुने देखिन्छ । बोल्दा विचार पुराउनु पर्ने दिनछ । पढाइ लेखाइमा पनि मन जानेछ । तर स्वास्थ्यमा भने अवरोध आउला । आफ्नै कारणले बन्न लागेको काम पनि विग्रन सक्छ । राम्रो सपना देख्न सकिने छ । कामका कुरामा धेरै अन्योल रहला । अनि साथ साथै नयाँ कामको वातावरण पनि आउने छ । शरीरमा सामान्य रोगले आघात पुराउन सक्छ । सावधान रहनु होला
कर्कट राशि : मनोरञ्जनात्मक गतिविधि बड्ला । तपाईंले आज समाजमा राम्रो किसिमको छाप छोड्रन सक्नु हुनेछ । तर पनि यात्रा भने असफल रहला । टाउकोमा भएमा नाक कान आंखा आदि अङ्गमा समस्या देखिन सक्छ । आर्थिक पक्षको कुरा गर्नु पर्दा सामान्य खालको दिन छ ।
सिंह राशि : आजको दिन तपाईंकालागि मध्यम खालको छ । आज तपाईंका कामहरु, दाजभाई तथा दिदी बहिनीको सहयोगमा बन्ने देखिन्छन् । तपाईंले आज रुपैया पैसाको काम गर्दा भने धेरै नै जोगिनु होला । पति पत्नि बिचको सम्बन्धमा सुमधूरहने छ भने बोलीको प्रभावका कारण तपाईंले आज प्रेममा सफलता पाउन सक्नु हुनेछ ।
कन्या राशि : रमाइलो वातावरण बन्नेछ । राम्रा कुराको संकेत पाइने छ । सरकारी सेवामा प्रवेश पाउने समय छ । इज्जत वृद्धि हुने काम हुनेछ । भोज तथा खानपिनमा पनि समय वित्नेनेछ । समाजको राजनिति गर्न जिम्मेवारी वहन गर्नु पर्ने छ । दुरदेशबाट शुभ समाचार आउने छ । अनि सन्तानबाट पनि सुख मिल्ने समय छ । आफन्तबाट पनि आवश्यक सहयोग प्राप्त होला ।
तुला राशि : आजको दिन ठिक ठिकैकोछ । सरकारी पक्षबाट केही न केही पुरस्कार वा सम्मान मिल्न सक्छ । सानो कामबाट पनि ठुलै उपलब्धि हात पर्ला । आध्यात्मिक तथा धार्मिक कामगर्न पनि समय अनुकूल छ । यात्राको योग रहेको छ, ज्ञानगुनका कुरा पनि सिक्न र सुन्न पाइएला । नयाँ काम गर्न वातावरण अनुसार यथेष्ट लाभ लिन सकिने छ । मन फुकाएर काम गर्नु नै बेश होला ।
वृश्चिक राशि : रमाइलो कुराहरुमा मन जानेछ । नयाँ कपडा तथा गरगहनामा खर्चगर्नु पर्ने देखिन्छ । यो समयमा पदोन्नती हुन सम्छ अनि तपाईंको सद्व्यवहारबाट अन्या कुरामा पनि सफलता मिल्नेछ । समाजबाट मान पनि प्रतिष्ठा प्राप्त हुनेछ । तर पनि शारिरिक तथा मानसिक शक्तिमा कमी आउनाले मन भने बेखुशी रहनेछ । परिवारमा रोगले सताउनेछ ।
धनु राशि : विध्यार्थीहरुका लागी राम्रो समयछ, पठनपाठन राम्रै संग मन जानेछ । व्यापार व्यवसायबाट सफलता तथा मान सम्मान प्राप्त गर्नहुनेछ । सन्तान प्राप्तिको योग पनि रहेको छ । शरिरमा स्फूर्ति पनि बड्नेछ । आफन्त तथा मित्रहरुबाट सहयोग प्राप्त हुनेछ ।
मकर राशि : मन प्रशन्न रहला । रमाइलो गर्नका लागि पनि अवसरहरु मिल्नेछन । सानो कारणले गर्दा पारिवारिक सम्बन्ध बिग्रन सक्छ सावधान रहनु होला । जग्गा जमिन सँग सम्बन्धित समस्या आउन सक्छ । विध्यार्थीहरुका लागी समय सामान्य मात्र रहेको छ । सोचेका कायहरु पूराहुनेछन ।
कुम्भ राशि : आज तपाईंको घर परिवारले पनि तपाईंको प्रेम प्रसंगलाई राम्ररी लिनेछ । यति हुदाहुदै पनि तपाईंको स्वास्थ्यमा आज केहि खरावी देखिन सक्छ । पुस्तक प्रकाशन तथा विक्रि वितरणको काममा आज नसोचेको फाइदा होला ।
मीन राशि : शत्रु पराजित हुनेछन । यति हुदाहुदै पनि प्रेम प्रसंगमा भने मन मुटाव उत्पन्न हुनसक्छ सावधान रहेर कुरा गर्नु होला । प्रशस्त धन प्राप्ती तथा सवारीसाधन किन्ने योग परेको छ । आफन्त हरुबाट राम्रै सहयोग प्राप्त हुनेछ । जनसम्पर्क पनि बड्ने देखिन्छ ।