राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजाको सम्पूर्ण तयारी पूरा भएको छ । बोर्डको बैठकले सोमबार दिउँसो बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको जनाएको छ ।
बोर्डका एक सदस्यका अनुसार बैठक सकिएपछि एसईईको नतिजा सार्वजनिक गरिनेछ ।
परीक्षा नियन्त्रण कार्यालय (एसईई) ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।
परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ । त्यस्तै त्रुटी सच्याउन व्द्यिार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ ।
गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । मूल्यांकन फरक भए पनि गतवर्ष जसरी नतिजा सार्वजनिक हुने बोर्ड स्रोतले जानकारी दिएको छ ।
विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।
देशभर एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन फर्म भरेका थिए ।