आज मिति २०७७ /०५/०१ गते तदनुसार १७/अगस्ट/२०२० भाद्र कृष्ण त्रयोदशी तिथि सोमबार आजको राशिफल
मेष राशि : आज तपाईंका कामहरु सरकारी अधिकारीको सहयोगमा बन्ने देखिन्छन । काममा बाधा पु¥याउने ब्यक्तिहरुले, तपाईंको केहि पनि बिगार्न सक्दैनन । आर्थिक पक्ष हिजो अस्ति भन्दा क्रमिक रुपमा सुधार भएको महशुस गर्नु हुनेछ । स्वस्थ्यको बारेमा चनाखो रहनु पर्ने दिन छ, लहैलहैका खानपिनले आज तपाईंलाई असर गर्न पनि सक्छ । सामाजिक काममा पनि तपाईं आज सरिक हुनुहुने सम्भावना रहेकोछ । कलाकारिता तथा साहित्य क्षेत्रमा हुनुहुनेहरुका लागि उत्साहजनक दिन छ ।
वृष राशि : अचानक काममा बाधा पर्ने देखिन्छ, त्यसैले कामहरु समयमै सक्ने कोसिस गर्नु होला । साझेदारी काममा भने प्रसस्त लाभ मिल्ने देखिन्छ । तपाईंलाई आज गन्नेमान्ने ब्यक्तिहरुले पनि सहयोग गर्नेछन, मायालु मान्छे संगको रमाइलो यात्रा पनि हुन सक्ला । तपाईंले आज आङ्खनो स्वाथ्यको भने ख्याल गर्नु पर्ने देखिन्छ । प्रेम प्रसङ्ग र दाम्पत्य जीवनमा मनमुटावको सम्भावना भएकाले वाद विवाद गर्नबाट जोगिनु नै वेश हुनेछ । ठेक्का पट्टाको काममा आज राम्रै काम हात पर्ने सम्भावना रहेको दिन छ ।
मिथुन राशि : आजको कामले तपाईंलाईं पछी सम्म पनि फाइदा पु¥याउने देखिन्छ । छोटो यात्रामा पनि तपाईंले आज सरिक भएर रमाउनु हुने दिन छ । अनि विपरित लिङ्गिको हौसलाले पनि तपाईंमा आज जोश र जागर आउनेछ । त्यस्तै आज तपाईंको प्रसंशा गर्ने ब्यक्तिहरु पनि प्रसस्त हुनेछन् । कुरा गरौं प्रेम प्रसङ्गको, आज तपाईंको प्रेम प्रसङ्ग सम्झन योग्य रहने छ अनि सञ्चार क्षेत्रमा काम गर्नुहुनेका लागि आजको दिन फलदायी रहनेन छ ।
कर्कट राशि : आंशिक मनोरंजन प्राप्त होला । प्रयास गरे काममा सफलता पाउनुहुने समय भएकोले प्रयास जारी राख्नु होला । यश कमाउने काममा पनि सहयोग मिल्नेछ । लेखन तथा प्रकाशन जस्ता काममा भने त्यत्ति सफलता हात नलाग्ला । सानातिना समस्याबाट मुक्त हुन सकिनेछ । घरायसी कामकाजको पनि समय आएको छ । आज तपाईंले त्यति ठूलो योजनाको काम भने नगर्नु भए बेश होला । होटल तथा पयर्टन व्यवसायमा राम्रो दिन छ । साथिहरुबाट पनि तपाईको प्रेम सम्बन्धमा सहयोग नै पुग्नेछ ।
सिंह राशि : मनमा अनेक किसिमका तर्क वितर्कहरुका आउन सम्छन् । आज तपाईंले हतारमा गर्नु भएको निर्णय हानिकारक पनि हुन सक्छ त्यसैले निर्णय दिनुपर्ने ठाउमा प्रसस्त छलफल गरेर मात्र दिनु भए राम्रो होला । काठको काम गर्नेहरुका लागि फाइदा जनक दिन रहेको छ । सङ्गित कर्मीहरुका लागि पनि धेरै राम्रो किसिमको दिन छ । सरकारी अधिकारीको सहयोगमा गर्नु भएका तपाईंका कामहरु बन्ने देखिन्छन ।आज तपाईंको प्रेम प्रसंगमा वाद विवाद हुने सम्भावना छ । सावधान रहनु भए बेशहोला ।
कन्या राशि : तपाईंले गरिरहनु भएको काममा आत्माबल घटेको महशुस होला । साथिभाईको सहयोगमा कामहरु गर्नु भयो भने थालेका कामहरु सजिलै संग बन्ने देखिन्छ । मनलाई जतिशक्तो शान्त राख्ने कोसिस गर्नु होला । आज तपाईंले सोच्दै नसोचेको स्थानबाट आर्थिक लाभ गर्नु हुने सम्भावना छ । कृषकहरुका लागि आजको दिन अत्यन्त राम्रो छ । छोटो यात्रामा पनि तपाईंले आज सरिक भएर रमाउनु हुने दिन छ । पे्रम प्रसंगमा भने बाधा गर्ने मान्छेहरु प्रसस्त हुनेछन ।
तुला राशि : त्यत्ति राम्रो समय छैन । आज तपाईंले दिएको पैसा फिर्ता नहुन पनि सक्छ, विचार गरेर मात्र दिनु होला । शरिरबाट स्फूर्ति हराउन पनि सक्छ । नजिकका ठानेका मान्छेले पनि विस्वासघात गर्लान् । हरेक ठाउमा तपाईंले आज सजग रहनु पर्ने देखिन्छ । शैक्षिक प्रगतिमा अवरोध आउने देखिन्छ । दिमागमा नया कामको कुरा खेले पनि गरिराखेको कामलाइ नै निरन्तरता दिनु राम्रो हुनेछ ।
वृश्चिक राशि : समय तपाईंका लागि त्यत्ति राम्रो छैन । बढी आशा गरेको कामबाट कम मात्र लाभ होला । आज तपाईले गरिब दुखिलाइ केहि दान दिनु भए राम्रो हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउला । अरुको सरसल्लाहलाई पनि मनन गर्नु होला । यातायातका साधन पसु चौपायाबाट कुनै प्रकारको चोटपटक लाग्न सक्छ । सामान्य काममा पनि सोचे भन्दा बढी पैसा खर्चहोला । यी तमाम कुराले तपाईंले आज हरेक कुरामा सावधानीि अपनाउनु पर्ने देखिन्छ ।
धनु राशि : आज तपाईंको चल–अचल सम्पत्तिका बारेमा मनमा कुरा खेल्ने देखिन्छ । धाएर गर्नु पर्ने काममा मन जानेछ । अनि आफन्त संग बिगे्रको सम्बन्धमा पनि सुधारको महसुस होला । व्यवसाहिक गतिविधि पनि आज राम्रै संग हुने छ । विपरित लिङ्खि संगको आकर्षण बड्ने सम्भावना रहेको छ । छोटो यात्रा भएपनि कामको चापले यात्राको मजा भने कमै मिल्ने देखिन्छ । ढुङ्गा माटो जस्ता पृथ्वी तत्वको काममा प्रसस्त लाभ मिल्ने देखिन्छ । प्रेम प्रसंगको कुरा गर्दा, आज तपाईंको प्रेम प्रसंग सुखद रहने छ ।
मकर राशि : साथिभाइहरु संग आपसि सदभाव बड्ने देखिन्छ । काम गराईमा नया किसिमको अनुभव पनि गर्न पाउनु हुनेछ । पठन–पाठनमा भने त्यत्ति मन नजाला । छोटो यात्रामा रमाउनु हुने दिन रहेको छ । तपाईंका नराम्रो चिताउनेहरु आज सक्रिय रहलान सावधान रहनु होला । प्रेम–प्रसंका कुरा गर्नु पर्दा आज तपाईंले प्रेम शुखको अनुभव गर्न सक्नु हुनेछ भने दाम्पत्य जीवन सहयोगि रहनेछ । ठेक्का पट्टाको काममा आज राम्रै काम हात पर्ने सम्भावना रहेको दिन छ ।
कुम्भ राशि : कामका चापले शरीरिक परिश्रम बडे पनि समय मनोरञ्जन पूर्ण रहने छ । आज चल–अचल सम्पत्तिको कारोवार पनि हुन सक्नेछ । तर अनावस्यक खर्च गर्नबाट भने जोगिनु होला । अनि एउटा कुरा आज तपाईंका कुरा काट्ने मान्छेहरु पनि प्रसंशा गर्न थाल्नेछन् । तपाईंले आज मान सम्मान पनि प्रप्त गर्न सक्नु हुनेछ । अनि बोलीको प्रभावका कारण तपाईंले आज प्रेममा सफलता पाउन सक्नु हुनेछ । पत्रकार बन्धुहरुले आज प्रसस्त जश, नाम अनि दाम कमाउनु हुने छ ।
मिन राशि : सथिहरु संग अनावश्यक वादविवाद हुन सक्छ जोगिएर बोल्नु होला । सन्तानबाट भने आज तपाईंले भरपूर सहयोग पाउनु हुने दिन छ । अनि एउटा कुरा तपाईको बोलीमा आज प्रभाव रहनाले राजनीति क्षेत्रमा प्रगति होला । सामाजिक काममा पनि तपाईं आज सरिक हुनुहुने सम्भावना रहेकोछ । मन परेको सामग्री किन्नमा तपाईंको आज अलिकति पैसा खर्च हुने देखिन्छ । ऐतिहासिक स्थानको यात्रमा पनि रमाउन पाउनु हुने छ । कलाकारिता तथा साहित्य क्षेत्रमा हुनुहुनेहरुका लागि उत्साहजनक दिन छ ।