मेष राशि : आँट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुशार्थि काम गर्न सकिनेछ । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गर्नेहरुले लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु हुनेछन् । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ ।
वृष राशि : बोलेको कुरा पुर्याउन नसक्दा आलोचनाको शिकार होईनेछ । छिटो बोल्दा वा निर्णय गर्दा परिस्थिती बिग्रनेछ । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । प्रेममा मनमुटाव बढ्नेछ भने आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ ।
मिथुन राशि : समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेको छ ।
कर्कट राशि : खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।
सिहं राशि : आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।
कन्या राशि : कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
तुला राशि : व्यापार व्यवसायमा प्रशस्त समय दिएमात्र आम्दानी हुनेछ । घर परिवार तथा आफन्तको विस्वास गर्दा धोका पाईनेछ । माया प्रेममा विस्वासघात हुने सम्भावना रहेको छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।
वृश्चिक राशि : शरीर कमजोर हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यवसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय कुर्नु नै राम्रो होला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरुकै काममा समय व्यतित हुँदा मन खिन्न हुनेछ । सानो उपलब्धीमा दिन व्यतित हुने सम्भावना रहेको छ ख्याल गर्नुहोला ।
धनु राशि : माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पत्ती तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने यात्रा हुनेछ ।
मकर राशि : विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाईमा सहपाठीहरुलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुचारु गर्न सकिनेछ ।
कुम्भ राशि : शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । वौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । राज्यको नजिक भएर काम गर्नेहरुले पद पाउँने योग रहेको छ । तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला ।
मीन राशि : आफन्तहरु टाडिने तथा पती पत्नी विच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चनु पर्नेछ ।