मेष राशी : अचल सम्पत्तिको कारोवार हुन सक्नेछ भने आउँदै गरेको धन कतै रोकिने सम्भावना छ । टाउको वा दाँतको समस्याले सताउन सक्नेछ । विदेश क्षेत्रवाट भने हानीको समय देखिन्छ ।
वृष राशी : गरेको काममा सफलता प्राप्तहुनेछ । नयाँ कामको अवसर प्राप्त हुन सक्दछ । व्यापार वा व्यवसाय बाट राम्रो लाभ प्राप्त हुनेछ । नयाँ लगानी गर्ने अवसर प्राप्तहोला । धन वृद्धिको समय छ ।
मिथुन राशी : शत्रुपरास्थ हुनुका साथै गरेको काममा सफलता हातपर्ने छ । विदेशी काम वाट लाभ प्राप्त होला । मु-द्दा मामिला वा प्रहरी केस भएका व्यक्तिहरु भने धेरै समस्यामा फस्नुपर्ने हुन सक्छ ।
कर्कट राशी : काममा बाधा आउनुका साथै साथि वा सहकर्मीहरुले धोका दिन सक्नेछन् । सरकारी क्षेत्रवाट व्यपारवाट भने लाभ मिल्नेछ । आयआर्जनको समय छ । धर्ममा रुचि बढ्नेछ ।
सिंह राशी : पिताजीसँग मिलेर गरेको काममा समस्याहरु देखा पर्न सक्नेछन् । भाग्यमा वृद्धि हुनेछ । रोकिएको धन वा वस्तु प्राप्तहुने देखिन्छ । तथा साथीभाइको पूर्ण सहयोग प्राप्त होला ।
कन्या राशी : चोटपटकको सम्भावना छ विचार गर्नुहोला । बोलीमा मिठासपन बढ्नाले तपाइको चौतर्फी प्रशंसा हुनेछ । लाभको समय छ । साहित्यको क्षेत्रमा सरिक हुन अवसर मिलेको छ भने पदोन्नतिको सम्भावना पनि छ ।
तुला राशी : दाम्पत्य जीवनमा मधुरता छाउनुका सथै कुनै विवाद थियो भने त्यो कम भएर जानेछ । व्यापारमा भएको समस्या यथावत्नै रहने देखिन्छ । तर आफूले गरेको मेहनतको फल भने बेलुकाको समयमा मिल्ने देखिन्छ ।
वृश्चिक राशी : घर परिवारको सुख पाउने समय छ । प्रेमी वा प्रेमिका सँगको सम्वन्ध राम्रो भएर जनुका साथै मधुरता छाउने छ । रोकिएको काम बन्नेछ । राष्ट्रिय वा अन्तराष्ट्रिय व्यापार वा अन्य कामबाट भने लाभ लिन सकिन्छ ।
धनु राशी : शत्रु वृद्धि हुनुका साथै शत्रुको कारण महत्वपूर्ण काम बिग्रन सक्ने देखिन्छ । जागिरवाट लाभको समय छ तथा बढोत्तरीको सम्भावना पनि देखिन्छ । गोप्यकुरा अरुलाइ नसुनाउनुहोला अन्यथा फस्न सकिन्छ ।
मकर राशी : धन आगमन हुनुका साथै धन आउने नयाँ बाटो भेटिने योग छ । सन्तास सुखका साथै घर परिवारको क्षेत्रवाट लाभ प्राप्तहुनेछ । सन्तानको कारण मान सम्मानमा वृद्धि हुनेछ ।
कुम्भ : माताको सुख आनन्द प्राप्त हुने देखिन्छ । घर परिवार तथा धनको क्षेत्रलाइ लिएर मनमा सन्तोष हुनेछ । समय राम्रो छ स्वाथ्यमा भने सामान्य समस्याहरु देखिन सक्छन् ।
मीन राशी : सामान्य मेहनत गर्दापनि ठुलो लाभ प्राप्तहुन सक्नेछ । जागिर व्यपार व्यवसायवाट लाभ हुनुको साथै रोकिएको धन प्राप्तहुनेछ । स्वास्थ्यको समस्या भने देखिन सक्नेछ ।