२०७७ साल श्रावणकृष्णपक्ष असार २९ गते सोमवार अष्टमी तिथि अश्विनी नक्षत्र चन्द्रमा मेष राशिमा ।
मेष राशि : मान सम्मानमा वृद्धिभएर जानेछ । विग्रेको स्वास्थ्यमा सुधार भएर जानुका साथै नयाँ कामको थालनी होला । नयाँ भोजनको स्वाद पाइने छ । सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ ।
वृष राशि : विदेशी काम वाट लाभ लिन पाइने छ भने विदेश यात्राको अवसर प्राप्त हुन सक्ने देखिन्छ । धन र आर्थिक पक्षवाट केही घाटाको सम्भावना छ । सतर्क भएर आर्थिक कारोवार गर्नुहोला ।
मिथुन राशि : व्यापार वाट लाभ प्राप्त हुनुको साथै नयाँ व्यापारको थालनी गर्न सक्ने समय छ । साथीभाइ सँगको सम्वन्धमा मधुरता छाउने छ । घर परिवारको सुख पाउन सकिन्छ ।
कर्कट राशि : जागिर पाउने सम्भावना छ वा जागिरमा पदोन्नतीको सम्भावना पनि देखिन्छ । अरुको विश्वास गर्नु पूर्व धेरै सतर्क रहनुहोला अन्यथा समस्यामा पर्न सक्ने देखिन्छ । अचानक धन प्राप्त हुन सक्छ ।
सिंह राशि : पिताजी सँग विग्रको सम्वन्धमा सुधार हुनेछ । भाग्यमा रोकिएको वस्तु,काम प्राप्त हुनेछ । प्रेममा राम्रो भएर जानेछ दाम्पत्य जीवनको भरपुर सुख सुबिधा प्राप्त हुन सक्छ ।
कन्या राशि : अचल सम्पत्ति किनवेच हुन सक्छ । गुप्तविद्यामा परंगत हुन सकिन्छ । पुरानो कामले तपाईलाइ समस्या वढाउन सक्छ । मु द्दा मामिला वा प्रहरी केस जस्तो समस्याले मानसिकत नाव वढाउन सक्ने सम्भावना छ ।
तुला राशि : अचानक कुनै नराम्रो खबरले गर्दा तपाइको मन अशान्त हुनेछ । पिताजीको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ । दिनको अन्त्यतिर भने आर्थिक लाभको समय छ ।
वृश्चिक राशि : दाम्पत्य जीवन राम्रो हुनुका साथै प्रेमीका सँग भएको कुनै संका कम भएर जानेछ तथा सम्वन्ध राम्रो हुनेछ । चौपाया तथा घर परिवारको सुख सुविधा प्राप्तगर्न सक्नुहुनेछ ।
धनु राशि : चोटपटकको सम्भावना छ संम्यमता अपनाउनुहोला । शत्रुको कारण काममा बाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झगडा पर्न सक्नेछ ।
मकर राशि : समय खराव छ । शत्रुका कारण समस्या देखापर्न सक्नेछन् । स्वास्थ्यमा समस्या हुनुका साथै दाम्पत्य जीवनमा कलहको वातावरण वन्न सक्नेछ अविश्वासको कारणले गर्दा खेरि ।
कुम्भ राशि : सन्तान सुखका साथै घर परिवारमा मांगलीक कार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटि दिएको धनफिर्ता नआउनाले ऋणमा वृद्धिहुने देखिन्छ ।
मीन राशि : चौपाया तथा वाहन वाट दुःखपाउन सकिन्छ । माताको स्वास्थ्यमा समस्या देखापर्नुका साथै घर परिवारमा कलहको वातावरण वन्न सक्नेछ संम्यमता अपनाउनु होला ।