नेपाली सेनाले धादिङ र गोरखा जिल्लाको मुख्य सडक सञ्जाल जोड्ने आरुघाट बेलीब्रिज जडान सम्पन्न गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ ।
२०८३ असोज २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीले पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि नेपाली सेनाले असोज ३१ गतेबाट बेलीब्रिज जडान कार्य सुरु गरी कात्तिक १ गते सम्पन्न गरेको सेनाले जानकारी दिएको छ ।
९० फिट (२७.४३ मिटर) लम्बाई र १३.७८ फिट (४.२ मिटर) चौडाइ भएको बेलीब्रिज जडान भएसँगै धादिङ र गोरखा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न र बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने विश्वास नेपाली सेनाले लिएको छ ।