काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस सोमबार राति करिब २ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा इलाम नगरपालिका–६ का ३७ वर्षीय चालक लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रीता आपागाईँ र उनका नौ वर्षीय छोरा रितिक रहेका छन् ।
अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले तीनै जनाको उद्धार गरेको थियो ।
उद्धार गरिएका घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।