काठमाडौँ । भोटेकोशी बाढीपछि अझै ५ हजार २८५ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढी तथा पहिरोमा परी हालसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ भने उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ।
हालसम्म १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नुवाकोटका १८७, रसुवाका ८०५ र धादिङका १२१ गरी १ हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।
प्राधिकरणका अनुसार हालसम्म २ हजार ६० जनाको डीएनए नमुना सङ्कलन गरिएको छ। बाढीमा घाइते भएका सात जनाको उपचार भइरहेको छ।
यस्तै, सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्।