जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार आगलागीमा परी महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो ।
आगलागीबाट घरायसी सामान जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
गएराति भएको आगलागी विद्युत् सर्ट भएर लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।