काठमाडौँ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्र जारी खोज तथा उद्धारका क्रममा थप ७ वटा शव फेला परेका छन्।
नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले टनेलभित्र निरन्तर खोजी गर्ने क्रममा शव फेला पारेको हो।
यसअघि अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेको थियो। नेपाली सेनाका अनुसार १२:०५ बजेसम्मको अपडेटअनुसार ती शवसहित थप ७ वटा शव फेला पारेर टनेलबाट बाहिर निकालिएको छ।
टनेलभित्र अझै खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ। जोखिमपूर्ण अवस्थाबीच उद्धार टोलीले सम्भावित स्थानमा निरन्तर खोजी गरिरहेको छ।