काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
‘फारम भरेर हातमा पैसा लिएर बसेको छु, अब मेरो उम्मेदवारी फिर्ता हुँदैन’, गौतमले भने । उनले सार्वजनिक भएका पदाधिकारीका सूची असन्तुष्टि जनाएका छन् ।
‘मेरो बारेमा पार्टी अध्यक्षलाई भनेकै थिए । तर जस्तो नामहरू प्रचारमा आयो, अब म उपमहासचिव उम्मेदवार बन्छु,’ गौतमले भने ।