काठमाडौँ । फागुन २१ को निर्वाचनका लागि आयोगमा दर्ता भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले गुलाबको फूल चुनाव चिह्न पाएको छ ।
निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरू बाजागाजासहित निर्वाचन आयोग पुगेका थिए। चुनाव चिन्ह र प्रमाणपत्र पाएपछि आयोग परिसरभित्रै बाजागाजासहित र्याली निकालिएको छ ।