ऋितिक रोशन : कुनै पनि स्टन्ट गर्न नडराउने ऋितिक अग्निपथको सेटमा उनी झण्डै मृत्युको मुखमा पुगेका थिए । उनी उठ्न नसक्ने अवस्थामा पुगेका थिए । त्यसपछि पनि उनलाई पटक पटक चोटपटक लागेको थियो । चलचित्र “व्याङ्ग व्याङ्ग” को सुटिङमा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
कंगना रनावत :
चलचित्र “तनु विड मनु” को सुटिङमा कंगनाले झन्डै मृत्युको सामना गर्नुपरेको थियो । बाइक कुदाउँदा कुदाउँदै उनी लड्न पुगिन् र खुट्टामा ठूलो चोट लागेको थियो ।
अमिताभ बच्चन :
चलचित्र “कुल्ली” को सुटिङको क्रममा उनी दुर्घटनामा परेका हुन् । टेबलबाट उफ्रिदा उनको आन्द्रामा नै समस्या आएको थियो । त्यो रोग निको हुनलाई धेरै समय लाग्यो । उनको शरिरमा व्लडको कमी भयो र उनी मृत्युको मुख नजिकै धकेलिए ।
शाहरुख खान :
“डन २” फिल्मको सुटिङमा उनी दुर्घटनामा परेर बाचेका हुन् ।
रणबीर सिंह :
उनले आफ्नो फिल्मी यात्रामा धेरै ओटा खतरनाक स्टन्ट गरेका छन् । तर “लुटेरा” फिल्ममा भने उनी ठूलो दुर्घटनाबाट बचेका थिए ।
जोन अब्राहम :
“सटआउट एट वाडला” फिल्मको सुटिङको दौरान उनी समस्यामा परेका थिए ।
ऐश्वर्या राय :
चलचित्र “खाके” को सुटिङको बेलामा उनी दुर्घटनामा परेकी थिइन् । सुटिङकै क्रममा उनी चढेको जिपको ब्रेक फेल भएको थियो ।
अक्षय कुमार :
“रावडी राठोर” को सुटिङको क्रममा उनी ठूलो दुर्घटनामा परे र मृत्युको मुखबाट बचे । सुरुमा उनले मलाई केहि भएको छैन भन्दै सुटिङ सुरु गरे तर एकैछिनमा उनी बेहोस बने र अस्पताल लानु परेको थियो ।
सलमान खान :
दबङको सुटिङको क्रममा उनी दुर्घटनामा परेका थिए । उनी के भएर घाइते भए भनेर नखुलाइए पनि एक महिनासम्म सुटिङ रोक्नु परेको थियो ।
आमिर खान : उनको फिल्म गजनीमा १०० किलोको मान्छेलाई उचाल्नु पर्दा उनी लडेर घाइते भएका थिए । तिन हप्ता पछि उनले फिल्म सुटिङ सुरु गरे तर आज पनि उनको ढाडमा समस्या आइरहन्छ ।