काठमाडौं । देशका विभिन्न स्थानका नदी तथा खोलामा आज (बुधबार) बाढीको सम्भावना रहेको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ भएर बहने नदी तथा खोलामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङजा, बागलुङ, पर्वत, गुल्मी, प्युठान, अर्घाखाँची, रुपन्देही र आसपासका जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको विभागले बताएको छ ।
थै दार्चुला, बैतडी, डोटी, अछाम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, दाङ, कपिलवस्तु, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, गोरखा, लमजुङ, सोलुखुम्बु, संखुवासभा, रामेछाप, खोटाङ, पाँचथर, इलाम र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ । यसैले ती जिल्लामा सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।