काठमाडौं, ९ असोज । नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन् ।
एसपीको सरुवा भएसँगै १४ जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन् । तनहुँ, सप्तरी, पूर्वी नवलपरासी, बर्दिया, सिन्धुली, सुनसरी, धनकुटा, भक्तपुर, कास्की, उदयपुर, दाङ, ईलाम, सिरहा र मकवानपुर जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका हुन् ।
तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरुवा भएका छन् ।तनहुँमा प्रहरी प्रमुख भएर बीरेन्द्र बहादुर शाही जाँदैछन् ।
मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजाललाई नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर सरूवा गरिएको छ । मकवानपुरमा प्रहरी प्रमुखको रुपमा विश्वराज खड्काको सरुवा गरिएको छ । खड्का काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रवक्ताको रुपमा कार्यरत थिए ।
प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी बेद विष्टलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखामा सरुवा गरिएको छ । विष्टको ठाउँमा माधव प्रसाद बुढाथोकीको सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । उनको ठाउँमा श्यामबाबु ओलीया सरुवा भएका छन् । उनी आर्थिक अपराधसम्बन्धी अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख गजुसिद्धि बज्राचार्य विशेष सुरक्षा गण बेलचौतारा तनहुँमा सरुवा भएका छन् ।
हेर्नुहोस् सूची