काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कले दशैं लक्षित ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत ३६ जनाले यामाहाका मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो। अभियानअन्तर्गत पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार १८ जनाले यामाहा एफजेड–एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर पाउनेछन्। यस्तै, बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन्।
विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्ने कम्पनीले जनाएको छ। दशैंको उत्साहलाई उपभोक्तासँग जोड्दै ब्रान्डसँगको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ।
देशभर पुरस्कारयुक्त क्यान वितरण गरिने भएकाले दशैंमा म्याक्स टाइगरको क्यान खोल्दा उपभोक्ताले पेय पदार्थसँगै आकर्षक पुरस्कार जित्ने अवसरसमेत पाउने कम्पनीले जनाएको छ।