काठमाडौं । नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य बिहीबार भने एकाएक बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ७ हजार ६०० रुपैयाँले वृद्धि भएको हो।
मूल्य बढेसँगै बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ मा कारोबार भइरहेको छ।
यसअघि बुधबार सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँ मा झरेको थियो। मंगलबार पनि सुनको मूल्य ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार १०० रुपैयाँ मा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार सुनको मूल्य २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६०० रुपैयाँ पुगेको थियो। आइतबार भने प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो।
चाँदीको मूल्य पनि बढ्यो
बिहीबार चाँदीको मूल्यसमेत वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको छ।
यसअघि बुधबार चाँदीको मूल्य १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँ मा झरेको थियो। मंगलबार पनि चाँदीको मूल्य १५ रुपैयाँले घटेर ४ हजार ७६५ रुपैयाँ कायम भएको थियो।
सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ मा कारोबार भएको थियो भने आइतबार १८५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको थियो।